विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति प्रकट गर्दे शिक्षकहरु आन्दोलनमा

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।


देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु माईतीघरमा भेला भइ आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।


उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् । तयसैगरी शिक्षकहरुले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने्, शिक्षा विधेयक संशोधन गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।

शिक्षकहरुको आन्दोलनका कारण बिद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएको छ । सरकारले वार्ताका लागि आव्हान गरेपनि शिक्षकहरु वार्तामा बस्न मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय