स्वरोजगार भवानीको १६औं साधारणसभा, ३ करोड ५३ लाख भन्दाबढी नाफा

बिर्तामोड । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा तीन करोड ५३ लाख भन्दाबढी नाफा कमाएको छ ।


आज सम्पन्न संस्थाको १६औं वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष केशव बस्नेतले संस्थाको खुद नाफा तीन करोड ५३ लाख ९८ हजार सात सय २५ रुपैयाँ दुई पैसा रहेको जानकारी दिनुभयो ।

प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी १८ करोड १९ लाख १९ हजार एक सय रुपैयाँ, निक्षेप ७९ करोड ३१ लख ४८ हजार तीन सय ८४ रुपैयाँ २८ पैसा, ऋण लगानी ८८ करोड २० लाख ६२ हजार ८० रुपैयाँ ८५ पैसा, संस्थाको गत आर्थिक वर्ष ०७९र०८० मा जम्मा आम्दानी १३ करोड ३३ लाख २० हजार तीन सय ४२ रुपैयाँ २९ पैसा, जम्मा खर्च नौ करोड ३६ लाख ९१ हजार सात सय ५७ रुपैयाँ ६६ पैसा रहेको उल्लेख छ ।


संस्थाको सदस्य संख्या ४६ हजार एक सय ९६ जना रहेको छ । संस्थाको कार्यक्षेत्र (झापा, मोरङ र ईलाम) ३ जिल्ला, सेवाकेन्द्र २८ वटा, सुपथ मुल्यको सहकारी पसल २ वटा रहेको छ ।

संस्थाले गत आर्थिक वर्ष ०७९/०८० मा एक सय पाँच जना महिलालाई जनही पाँच हजार पाँच सय रुपैयाँको प्रसुति सुविधा, ८४ जनालाई ज्येष्ठ नागरिक तथा एकल सेवा सुविधा, ३३ जनालाई सदस्य स्वास्थ्य सुविधा, एक सय ७४ जनालाई सदस्य अवसान सेवा सुविधा, तीन जना सदस्यलाई कर्जा विमा, र एक जना सदस्यलाई सदस्य अस्पताल भर्ना राहत सुविधा प्रदान गरिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले साधारणसभा मार्फत विनियम संशोधन, कार्यविधि, पारित, सेवाकेन्द्र विस्तार, सहकारी पसल विस्तार, संस्था एकीकरण, सुविधा परिमार्जन, जग्गा खरिद, उद्योग तथा कृषि कार्यक्रम सञ्चालन, ज्येष्ठ नागरिक केन्द्र सञ्चालन, सेवाकेन्द्र उपसमिति विघठन, शेयर लाभांस वितरणलगायतका निर्णय अनुमोदन गरिएको छ । कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक डा।कुमार सुवेदीले लेखा सुपरिवेक्षण समितिको समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सञ्चालक समितिका अध्यक्ष केशव बस्नेतको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष कमला थापामगरले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि ढकाल, साना मझौला व्यवसायी सहकारी संस्थाकी अध्यक्ष देविका बस्नेत, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद वाँस्कोटा, बिर्तामोड –७ का वडाध्यक्ष अविरलकृष्ण खरेल, राष्ट्रिय सहकारी वैंक बिर्तामोडका कमल खनाललगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनोज भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट सेवाकेन्द्रको रुपमा खुदुनाबारी सेवाकेन्द्र, बाहुनडाँगी सेवाकेन्द्र, दूधे सेवाकेन्द्रलाई सम्मान गरिएको थियो । त्यस्तै कर्मचारीतर्फ बुधबारे सेवाकेन्द्र प्रमुख भुवन भण्डारी, ईलाम सेवाकेन्द्र प्रमुख जुनु लिम्वू फियाक, आलडाँगी सेवाकेन्द्र प्रमुख नेमकुमार बस्नेत, सुरुङ्गा कार्यालय सहायक दिपा खतिवडालाई सम्मान गरिएको विभागिय प्रमुख रुपन चाम्लिङ राईले जानकारी दिनुभयो ।

त्यस्तै बजार प्रतिनिधितर्फ कल्पना लिम्वू, यामकुमारी राई, सावित्रा भट्टराई पौडेल, रमा थापा, सम्झना श्रेष्ठ, महललाल राजवंशी, शमिृला बाँस्तोला, शकुन्तला धिताल, मिना गिरी, स्मृति आचार्य फुयल, संगिता थपलिया, राधिका चापागाईं, मञ्जु आचार्य, शान्ती सुव्वा, दुर्गा भारतीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय