चलचित्र ‘रङ्गेली’ मार्फत साङ डोमाको डेव्यु, दयाहाङ र मिरुनासंग स्क्रिन शेयर गर्ने

झापा । चलचित्र ‘रङ्गेली’ मार्फत नवोदीत नायिका सिक्किमकी साङ डोमा तामाङले नेपाली चलचित्र उघोगमा डेव्यु गर्ने भएकी छिन् ।


गत साताको मङ्गलबारदेखि छायाङ्कन सुरु भएको ‘रङ्गेली’ चलचित्रमा चर्चित नायक दयाहाङ राई र नायिक मिरुना मगर लगायतका कलाकारसंगै साङ डोमालाई पनि देख्न पाइने भएको छ ।

मिस तामाङ वर्ल्ड, मिस इन्डिया ‘मिस एक्टिभ’, मिस सिक्किम जस्ता उपाधि जितिसकेकी साङ डोमाले ‘रङ्गेली’ चलचित्रमा अभिनय गर्ने भएकी हुन् । उनले यसअघि केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।


साङ डोमा तामाङ

यस वर्षको महाशिवरात्रिमा प्रदर्शन हुन लक्ष्यसहित ‘रङ्गेली’ ले गत मङ्गलवारदेखि छायाङ्कन प्रारम्भ गरेको छ । इटहरी, विराटनगर, बिर्तामोड, दमक, रङ्गेली, कर्सिया, कटहरी लगायतका पुर्वको विभिन्न स्थानमा चलचित्रको छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतका कलाकारको प्रमुख भूमिका रहनेछ । चलचित्रलाई निर्देशक अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् ।

जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा चलचित्रका कार्यकारी निर्माताहरू हुन् । संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ चलचित्रका निर्माता हुन् भने युवक कार्की र शिव थपलिया सह–निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
0
+1
0
+1
1
140
सम्बन्धित

लोकप्रिय

लोकप्रिय