बिर्तामोडको भाट-भटेनी सुपर मार्केट भोलिदेखि सञ्चालनमा आउने

बिर्तामोड । झापाको मुख्य ब्यापारीक केन्द्र बिर्तामोडमा निर्माण भएको भाट-भटेनी सुपर मार्केट असोज ४ गते बिहिबारबाट सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रियस्तरको सुपर मार्केटको उद्घाटनको सबै तयारी पूरा भएको छ ।


नेपालमा २६ औँ शाखाका रुपमा सञ्चालनमा आउने भाट-भटेनी स्टोरमा एक लाख २५ हजार प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीको व्यवस्थापन पक्षले जानकारी दिएको छ ।


सुपर मार्केट व्यवस्थापनको सम्पूर्ण कामहरु सकिएको जनाइएको छ । उद्घाटनका समयमा ग्राहकलाई प्रत्येक सामानहरुमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।

२ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा आउन लागेको बिर्तामोडको भाट-भटेनीमा स्केटिङ पार्क, फुड कोर्ट, दुईवटा सिनेमा हल रहनेछ । सातौँ तल्लासम्म रहेको भाट-भटेनी झापाकै ठुलो सुपर मार्केट हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
23
+1
2
+1
11
+1
1
+1
4
375
सम्बन्धित

लोकप्रिय

लोकप्रिय