आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस, ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ।


दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ।

दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ।


विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ। संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

संविधान जारी भएको ८ वर्ष पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय