ब्राउन सगुरसहित २ जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १७ मटेरुवाबाट लागू औषध ब्राउन सगुरसहित दुई जनालाई प्रकाउ गरिएको छ ।


पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० का ३७ बर्षीय अमृत पुरी र धरान उप–महानगरपालिका १ का ३० बर्षीय सुशान्त रिजाल रहेका छन् ।

सोमवार भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १–०२’०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।


पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय