भारतको पानीटंकीबाट ३ जना नेपाली बालकको उद्दार

काँकरभिट्टा । अपरिचित व्यक्तिले ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा भारतीय सुरक्षा बल एसएसबीको समन्वयमा तीन जना बालकको सोमबार उद्दार गरिएको छ ।


भारततफै लैजाँदै गरेको अवस्थामा एसएसबीको टोलीले मेचीनगरका ती बालकहरुलाई भारतीय सीमा क्षेत्र पानीटंकीमा रोकिराखेको खबर पाएपछि काँकरभिट्टास्थित सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले जिम्मा लिइ उद्दार गरेको हो । सशस्त्र प्रहरी बलका सप्रसनि पूर्णप्रसाद राजवंशीको नेृतृत्वमा पाँच जनाको टोलीले बालकलाई उद्दार गरेको हो ।

प्रहरीका अनुसार उद्दार गरिएका बालकहरुमा मेचीनगर १० का १५ वर्षीय विशाल दनुवार, मेनपा १२ का युवराज तामाङ र सूर्य चौधरी रहेका छन् । उद्दार गरिएका बालकहरुलाई उनीहरुका अभिभावकलाई जिम्मा लगाउने गरी विश्व सेवा विस्तार संस्थामा राखिएको छ । बालकको सोमबार राित ८ः३० बजे उद्दार गरिएको हो ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय