सातवटै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक गोष्ठी आयोजना

काठमाडौं । नेकपा एमालेले आज संविधान सभाका दिवंगत अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।


संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठी आयोजना गर्न लागिएको हो । एमालेले गोष्ठीका लागि सातै प्रदेशमा जिम्मेवारी समेत तोकिसकेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासल स्थित केन्द्रीय कार्यालयमा हुने गोष्ठीलाई सम्बोधन गर्नुहुनेछ । गोष्ठीमा विभिन्न दलका नेताहरुलाई डाकिएको छ ।


ललितपुरमा हुने विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । सो कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्बर आचार्य सहभागी हुने एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

यस्तै अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू सहभागी हुनुहुनेछ। पार्टी प्रचार विभागका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ कोसीको इलाममा, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहनुहुनेछ ।

नेता नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय