मैत्रीपूण महिला फुटबलमा अर्जुनधारा-५ को टिम न्युस्टार युथ क्लबसंग पराजित

बिर्तामोड । मैत्रीपूण महिला फुटबलमा अर्जुनधारा-५ नम्बर वडाको टिमलाई पराजित गर्दे न्युस्टार युथ क्लब भोटेटार विजयी भएको छ ।


आज बुद्धशान्ति गाउँपालिका-१ स्थित बिरिङ नदिको किनारमा रहेको खेल मैदानमा भएको खेलमा अर्जुनधारा-५ नम्बर वडाको टिमलाई टाईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै न्युस्टार युथ क्लब विजय बनेको हो ।

अर्जुनधारा-५ नम्बर वडाको टिम

निर्धारित समयमा दुवै टोलिले गोल स्कोर गर्न नसकेर बराबरीमा सकिएको खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा न्युस्टार युथ क्लबले ३ गोल स्कोर गर्दा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का खेलाीहरुले २ मात्रै गोल स्कोर गर्न सफल भए ।


खेलमा अर्जुनधारा-५ नम्बर वडाको खेलकुद विकास समितिका संयोजक बाबा डिआर थारुले टिक कप्तानलाई ब्याज प्रदान गर्नुभएको थियो । संयोजक थारुले वडा खेलकुद विकास समितिको पहलमा वडाको टिमले पहिलो पटक औपचारिक खेलमा सहभगिता जनाएको जानकारी दिनुभयो ।

विश्वकर्मा पुजाको अवसर पारेर न्युस्टार युथ क्लब भोटेटारले आयोजना गरेको ४ दिवसीय पुरुष नकाउट फुटबल प्रतियोगिताको अन्तिम दिन मैैत्रीपूर्ण महिला फुटबल खेल संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय