घेदुङका महासचिव काजीमान थिङले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङ तामाङले पदबाट राजीनामा दिनुभएको छ ।


अधिवक्ता भगवती पाण्डेलाई सहयोग गरेको बिषयमा विवाद भएपछि महासचिव थिङले सोमबार राजीनामा दिनुभएको हो । उहाले राजीनामा पत्र अध्यक्ष मोहन गोले तामाङलाई बुझाउनु भएको थियो छ ।

‘भगवती पाण्डेको गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिको विरुद्ध कारबाहीको माग राख्दै तामाङ र मगर समुदायद्वारा सञ्चालित आन्दोलनको सन्दर्भमा मसँग जोडेर केही सामाजिक सञ्जालहरूमा भ्रामक गम्भीर आरोप लगाएकोले उक्त विषयमा तत्काल छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सहज वातावरण निर्माणको निम्ति नैतिक हिसाबले मैले नेपाल तामाङ घेदुङ सङ्घीय कार्यसमितिको महासचिवको जिम्मेवारीबाट राजीनामा पेस गर्दछु ।’


महासचिव थिङले अभिवक्ता पाण्डेले गरेको गल्तीका निमित्त माफी माग्दा समावेश गर्नुपर्ने विषय सोध्दा विशेष अदालत बारका अध्यक्षलाई लिखित दिएको बताइएको छ ।

‘अभियुक्त पाण्डे आबद्ध पेसागत संस्था विशेष अदालत बारका अध्यक्षले निज पाण्डेले माफी माग्दा समावेश गर्नुपर्ने समुदायको विषयहरूका सम्बन्धमा मसँग चासो व्यक्त गरिएको थियो । त्यही सन्दर्भमा मैले सुझावको रूपमा समुदायको सरोकारका विषयहरू लिखित रूपमा विशेष अदालत बारका अध्यक्षलाई सुझाएको सत्य हो । यसबाहेक म प्रति आरोप लगाएको जस्तो कुनै पनि अन्य गतिविधिमा मेरो संलग्न नरहेको सवैमा स्पष्ट पार्न चाहन्छु,’ महासचिव थिङको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाको जिम्मेवार व्यक्तिले उक्त संवेदनशील विषयमा आफूखुसी पत्र लेखिदिएको भन्दै सामाजिक सञ्जालमा थिङको तीव्र आलोचना भइरहेको थियो । साथै आफूमाथि आरोप लगाइएका विषयहरूमा घेदुङले निष्पक्ष एवं पारदर्शी रुपमा छानबिन गर्नुपर्ने पनि उहाको माग छ ।

आफ्नो कामबाट आन्दोलन, संस्था र समुदायमा कहींकतै क्षति पुगेको प्रमाणित भए जस्तोसुकै सजाय पनि भोग्न तयार भएको महासचिव तामाङले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
0
+1
1
+1
3
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय