रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउन र नेपाली सेनाबीच सरसफाईमा सहकार्य

बिर्तामोड । रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले नेपाली सेनासंग सरसफाईमा सहकार्य गरेको छ । रोट्रयाक्ट क्लबले झापाको चारआली स्थित अरिदमन गणसँगको सहकार्यमा चारआलीमा नै अवस्थित पाउँ पाथीभरा मन्दिरमा बृहत सरसफाई कार्यक्रम संचालन गरेको छ ।


विश्व सरसफाई दिवसको अवसर पारेर गरिएको सरसफाई कार्यक्रममा करिब ३० जना नेपाली सेना, रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका करिब १५ जना पदाधिकारी तथा सदस्यहरु र केही सरसफाई अभियान्ताहरुको सहभागिता रहेको थियो ।

मन्दिर परिसरमा सरसफाई पश्चात संकलन भएको फोहोरलाई सुरक्षीत र व्यवस्थीत तरिकाले नस्ट गरिएको थियो ।


पूर्वको पवित्र धार्मीक स्थलको रुपमा स्थापीत हुँदै गएको झापाको पाउँ पाथीभरा मन्दिरको सौन्दर्य र वातवरणीय अवस्थालाई सुदृण बनाउन सरसफाई कार्यक्रम संचालन गरिएको रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जितेश अग्रवाल जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष अग्रवालले नेपाली सेनाको साथ र सहयोगकालागि धन्यवाद व्यक्त गर्नुभएको थियो । उहाँले सहकार्य र साझेदारीले समाजका विभिन्न क्षेत्रहरूमा साझाँ उद्देश्य प्राप्तिकालागि एकजुट हुँदा सकारात्मक प्रभाव हासिल गर्न सकिने बताउनुभयो ।

रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय