बिर्तामोडमा घरको छतबाट झरेर भुतपूर्व सैनिक तामाङको मृत्यु

बिर्तामोड । आफ्नै घरको छतबाट झरेर झापाको बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । भारतीय सैनिकबाट सेवानिवृत्त भएर केही महिना अघि घर फर्केका बिर्तामोड-५ सुव्वाचोक बस्ने ४८ वर्षीय कबिरमान तामाङको आफ्नै तीनतले घरको छतबाट झरेर मृत्यु भएको हो ।


बिहान ५ बजेको समयमा छतबाट झरेर घाईते भएका तामाङलाई उनका श्रीमती र छोराले उपचारका लागि बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा आज बिहान ५.४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो।

मृतकका बुबा भीमबहादुर तामाङको पनि सोही घरको छतबाट झरेर मृत्यु भएको बताइएको छ । करिव १० वर्षअघि सो घर एकतले हुँदा तामाङका बुबा भीमबहादुरको पनि छतबाट झरेर मृत्यु भएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय