६० किलो सुन तस्करी प्रकरणमा २९ जनामाथी मुद्दा दर्ता

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको थियो ।

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको छ । प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।


सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ । त्यसमा ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार बिगो माग दाबी समेत गरेको छ । जसअनुसार कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ दाबी गरिएको छ ।

सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी,संगठित अपराध,नागरिकता ऐन,राहदानी ऐन र अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ ।

एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजाय समेत जोडिन्छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते ‘ब्रेक सू’ मा ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय