घाँस काट्न रुख चडेका सन्तको रुखमै मृत्यु

बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका-८ रत्नचोक निवासी सन्तबहादुर तामाङको रुख चढेको अवस्थामा रुखमानै मृत्यु भएको छ । आइतबार बिहान साँढे सात बजे रुखमा चढेर घाँस काट्ने क्रममा उहाँको रुखमै मृत्यु भएको हो ।


घर नजिकै रहेको करिब ३५/४० फिट अग्लो खरीको रुखमा घाँस काट्ने क्रममा रुखको हाँगाको कापमा सन्तलाई अड्किएको अवस्थामा परिवारका सदस्यले देखेर र्इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए ।

तामाङलाई प्रहरीले उद्दार गरी रूखबाट तल निकालेको थियो । तर, तामाङको रुखमै मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।


तामाङ उच्च रक्तचापको रोगी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
1
+1
0
+1
1
+1
7
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय