नेरेस खुदुनाबारीको २८ औं बार्षिक साधारणसभा सम्पन्न, ४ जना सम्मानीत

अर्जुनधारा । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।


अर्जुनधारा २ झेलेनीमा रहेको संस्थाको कार्यालयको सभाहलमा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आथित्यमा शनिबार साधारणसभा सम्पन्न भएको हो । पानसमा दिप प्रज्वलन गर्दै उपप्रमुख पराजुलीले साधारणसभामाको उद्घाटन गर्नुभएको थियो ।

साधारणसभामा उपशाखाका सभापति मुकुन्द भण्डारीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति भण्डारीले १ बर्षको अवधिमा संस्थाले गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।


उपशाखाको भवन उद्घाटन, एम्बुलेन्स संचालन, निशुल्क आँखा शिविर संचालन, राहत तथा सहयोग बितरण, विभिन्न अभिमुखिकरण कार्यक्रम संचालन लगायतका कार्यहरु गरेको सभापति भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै उहाँले संगठन सुदृढिकरण, संस्थाको बैधानिक दायित्व, लैंगिक तथा सामाजिक समावेशिकरणलगायतका क्षेत्रमा आगामी कार्यक्रमहरु गर्ने योजना रहेको जानकारी दिनुभयो । एम्बुलेन्स शेवा बिस्तार, लागु औषध दुर्व्यसनी विरुद्धको अभियान संचालन लगायतका कार्यहरु खुदुनाबारी उपशाखाको आगामी मुख्य उदेश्यको रुपमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोषाध्यक्ष धन बहादुर तामाङले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा आगामी आर्थिक बर्षको अनुमानीत आय-व्याय १३ लाख ६० हजार रहने उल्लेख गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाका आजीवन तथा जेष्ठ सदस्य लक्ष्मी इङनामलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सहयोगी दाताहरु प्रसाद गुरागाई, सिताराम न्यौपाने (सूर्य) र भेषराज खतिवडालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

साधारणसभामा नयाँ थपिएका ४८ जना आजिवन सदस्यहरुलाई प्रमाण-पत्र बितरण गरिएको थियो । उपशाखाका सभापति भण्डारीले नयाँ आजीवन सदस्यहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, वडानम्बर २ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, अर्जुनधारा २ की जनप्रतिनिधि तथा नगर न्यायीक समिति सदस्य शर्मिला सुब्बा, नेपाल रेडक्रस सोसाईटी झापा शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतम, सहकोषाध्यक्ष हेम खड्का, जिल्ला सदस्य हरी पोख्रेल, खुदुनाबारी उपशाखाका निर्वतमान अध्यक्ष भोला बराल, शान्ति सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष तुलसी खतिवडा, साना किसान सहकारी संस्था खुदुनाबारीका अध्यक्ष कृष्ण दंगाल, संस्थाका सल्लाहाकारहरु, यूथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलालगायत सुरक्षाकर्मी, संचारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उपशाखाकी सदस्य बिनिता थापाले संचालन गर्नुभएको कार्यक्रममा उपसभापति सावित्रा सापकोटाले स्वागत गर्नुभएको थियो ।

साविक खुदुनाबारी गाविसलाई कार्यक्षेत्र बनाएर संचालन भएको नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा अहिले अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडा अन्तर्गत पर्दछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय