शिवसताक्षीमा प्रथम नगरस्तरीय भेट्रान कप फुटबल प्रतियोगीता हुने

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ को भेट्रान क्लबले प्रथम नगरस्तरीय भेट्रान कप फुटबल प्रतियोगीता गर्ने भएकोछ। आज पाराबारी बजारमा आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिताका बारेमा दिइएको हो ।


बडादशैंको अवसर पारी आयोजना गरिएको प्रतियोगिता आगामी असोज २४ देखि ७ दिन सम्म स्थानिय भानु मा। वि। को खेल मैदानमासंचालन हुने क्लबका अध्यक्ष मनकुमार लिम्बु ९तारा० ले जानकारी दिए ।

प्रतियोगितामा झापा जिल्लाका नगरहरू मेचीनगर ,भद्रपुर ,बिर्तामोड ,कन्काई,दमक,आयोजकको तर्फबाट २ टिम र मोरङको उर्लाबारी नगरपालिकाको अतिथि टिम सहित ८ वटा टिमको सहभागिता रहने आयोजकले जानकारी दिए।


प्रतियोगिताको बिजेताले नगद रु ५० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र र उपविजेताले नगद रु ३० हजार सहित ट्रफि,मेडल र प्राप्तगर्नेछ । साथै विधागत पुरस्कार प्रत्येक खेलबाट म्यान अफ दि म्याच, वेष्ट स्कोरर,वेष्ट किपर र म्यान अफ दि सिरिजलाई समेत ट्रफिमेडल र प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिने वडाका जनप्रतिनिधि समेत रहेका खेल संयोजक लासाङ दोर्जे तामाङ्ले वताए ।

इन्ट्री फि निशुल्क गरिएको सो प्रतियोगिताको प्रथम पुरस्कार राशी वडा कार्यलयले उपलब्ध गराउने सोही वडाका वडाध्यक्ष भाष्करन्यापानेले आयोजित पत्रकार सम्मेलनमा प्रतिबद्दता व्यक्त गरे। दोस्रो पुरस्कार राशी भने हाल वैदेशिक रोजगारमा रहेका स्थानीयसमाजसेवी डम्बर पयाड्ंगुले उपलब्ध गराएको आयोजकले जानकारी दिए।

नगरहरुबिचको आन्त सम्बन्ध सुमधुर बनाउने,सामाजिक सद्भाव कायम राख्ने र लागु औषध न्युनिकरण गर्ने उदेश्य राखी सो प्रतियोगिताआयोजना गरिएको अध्यक्ष लिम्बुको बताए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय