झापामा ‘पहिचानकालागि युवा दस्ता’ घोषणा, बिर्तामोडमा शक्ति प्रदर्शन [फोटो फिचर]

बिर्तामोड । प्रदेश नं १ लाई कोशी प्रदेश नामाङ्करण गरिएपछि निरन्तर आन्दोलनमा रहेका पहिचानवादीहरुले झापामा युवा दस्ता घोषणा गरेका छन् ।


प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले बिर्तामोडमा एक कार्यक्रमको आयोजना गर्दै “पहिचानकालागि युवा दस्ता” नामक १५०१ जनाको युवा दस्ता घोषणा गरेको हो ।


झापा जिल्ला स्तरीय युवा दस्ताको संयोजकमा सामी पालुङ्वा, सहसंयोजकमा सुमन सम्बाहाम्फे र कर्ण राजवंशी, सदस्य सचिवमा गौरीमान राई चयन हुनुभएको छ ।

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातिय संगठनका नेताहरुको उपस्थितिमा बिर्तामोडको सिटी सेन्टरमा युवा दस्ता गठन भएका घोषण गरिएको थियो ।

युवा दस्ता गठनको घोषणापछि पहिचानकालागि युवा लेखीएको पोसाक लगाएर लठ्ठीसहित युवा दस्ताले बिर्तामोडको मुख्य बजार क्षेत्रमा मार्चपास गरेको थियो ।

मार्चपासमा सहभागि भएकाहरुले कोशी प्रदेश खारेजीको नारा लगाएका थिए ।

मार्चपासपछि बिर्तामोडको अधुवा खेलाको पुलनजिक कोणसभा गरिएको थियो । मार्चपासपछि आयोजित सभालाई विभिन्न जातीय संस्थाका अगुवा नेताहरुले संबोधन गर्नुभएको थियो ।

ठुलो संख्यामा पहिचानवादीहरु सडकमा निक्लिएपछि कुनै दुर्घटना हुन नदिन झापा प्रशासनले बाक्लो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको थियो ।

कोशी प्रदेशको चारवटा जिल्लामा पहिचानवादीहरुले यसअघिनै युवा दस्ता गठन गरिसकेको बताएका छन् ।

उनिहरुले झापामा अब पालिका स्तरमा समेत युवा दस्ता गठन गर्ने उद्घोष गरेका छन् । जस्का लागि शनिबार १५ वटै पालिकाको संयोजक समेत तोकिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
0
250
सम्बन्धित

लोकप्रिय

लोकप्रिय