एसिया कपमा भारतमाथि बंगलादेशको जित

काठमाडौं । एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा बंगलादेशले भारतलाई पराजित गरेको छ । श्रीलंकको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भारत ६ रनले पराजित भएको हो ।


बंगलादेशले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ दशमलब ५ ओभरमा २ सय ५९ रन बनाएर अलआउट भयो । भारतका लागि ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्काको सहयोगमा १ सय २१ रनको शतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

अक्षर पटेलले ३४ बलमा ४२ तथा सुर्यतुमार यादवले ३४ बलमा २६ रन बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ३ तथा तन्जिम हसन र महिदी हसनले समान २र२ विकेट लिए ।


त्यसअघि हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन बनाएको थियो । बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

टोहिद हृदयले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाएका थिए । नसुम अहमदले ४५ बलमा ४४ तथा मेहदी शसनले २३ बलमा २९ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ तथा मोहम्मद सामीले २ विकेट लिए ।

भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ । हारका बाबजुत भारत विजेताको रुपमा फाइनल पुगेको छ ।

बिहीबार पाकिस्तानलाई पराजित गरि श्रीलंकाले फाइनलमा स्थान बनाएको छ । भारतले उपाधीका लागि आइतबार घरेलु टोली श्रीलंकासॅंग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय