धारिलो हतियार प्रयोग गरेर तीनकुनेमा ४ जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको छ ।


धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र ४ जनाको शव फेला परेको उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयो।


हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय