तेस्रो जनआन्दोलनको तयारीमा छौं : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताउनुभएको छ ।


शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुको आन्दोलन कसैलाई बिस्थापित गर्नको लागि नभएको पनि बताउनुभयो ।

अध्यक्ष थापाले देशमा करिव डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरुले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्नेकुरा सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरुको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसर्मपणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधा भन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताउनुभयो ।


लोकतन्त्रको आवरणमा केवल केही सिमित राजनैतिक दलहरुले नेपालमा सिण्डकेट तन्त्र कायम गरिरहेको अध्यक्ष थापाको आरोप छ । अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरुलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिनुभयो । उहाँले भोटको लागि विदेशी डलरको लोभमा वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरुलाई रिझाउने नाममा बहुसंख्यक हिन्दु बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हन्दु, बुद्धिष्ट र किराँतहरु चुप लागेर नबस्ने बताउनुभयो । अध्यक्ष थापाले चुप लागेर बस्नुलाई हिन्दुहरुको कमजोरी नठान्न चुनौति दिनुभयो ।

अध्यक्ष थापाले हिन्दुहरु सधैँ चुप लागेर बस्छन् भन्ने नठान्न चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय