आज राष्ट्रिय बाल दिवस

आज ५९ औं राष्ट्रिय बाल दिवस । विद्यालयहरुमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदै छ ।


नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो । यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ ।

नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय