मेयर बालेन विश्वको उदीयमान सय नेताको सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन विश्वका उदीयमान एक सय नेताहरूको सूचीमा परेका छन् । प्रतिष्ठित ‘टाइम म्यागजिन’ले सन् २०२३ का विश्वका उदीयमान सय नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पनि समावेश गरेको हो । म्यागजिनले भविष्यमा आफ्नो क्षेत्रलाई आकार दिने र परिभाषित गर्न सक्ने विश्वभरका एक सय उदीयमान नेतृत्वको सूची ‘टाइम १०० नेस्क्ट’ सार्वजनिक गरेको हो ।

स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो । वर्ष व्यक्ति, संसारका प्रभावशाली सय व्यक्तिको सूची जारी गर्दै आएको टाइमले सन् २०१९ देखि उदीयमान नेताहरुको सूची गर्न सार्वजनिक थालेको हो ।

द न्युयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो । टाइम म्यागजिनले शाहले पालिका चुनावमा हासिल गरेको अप्रत्याशित जितको चर्चा गरेको छ । ३३ वर्षीय स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

चुनावअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण शाहले आलोचना पनि खेप्न परिरहेको म्यागजिनले प्रकाशन गरेको शाहको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
255
सम्बन्धित

लोकप्रिय

लोकप्रिय