स्व. नेम्वाङको राजकीय सम्मानकासाथ अन्त्यष्टि गरिदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व. सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ ।


गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । विदेशमा रहेका छोराहरु फर्किन समय लाग्दा नेम्वाङको अन्त्यष्टि गर्न ढिलाई भएको हो ।

बिहीबार बिहान ११ बजे बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा निकालेर दिउँसो पशुपति आर्यघाटमा वैदिक तथा लिम्वु विधि अनुसार अन्त्यष्टि गरिने बुझिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।


त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार बिहानसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो ।

निवासमा लिम्वु सँस्कार अनुसारको कर्म गरिएको बुझिएको छ । नेम्वाङप्रति सम्मान जनाउदै सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय