बाल क्लबलाई प्रोत्साहन गर्न अक्षयकोष स्थापना गरिने, पौडेलद्वारा ५० हजार सहयोग घोषणा

बिर्तामोड । बालबालिकाको हित र संरक्षणका क्षेत्रमा क्रियाशील सन्चारकर्मी तथा लिंकन मण्टेस्वरी बिद्यालयका संचालक युवा शिक्षासेवी सरोज पौडेलले उत्कृष्ट बाल क्लबलाई प्रोत्साहन तथा पुरस्कृत गर्न स्थापना गरिने अक्षयकोषमा नगद ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।


जन्मदिनको अवसर पारेर आज एक संक्षिप्त कार्यक्रमकाबिच पौडेलले उक्त रकम आगामी बालदिवसको अवसरमा स्थापना गरिने अक्षयकोषमा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

बालबालिका तथा शिक्षा संचार मञ्च झापाका संयोजक पौडेलले बालबालिकाहरुको क्षमता अभिवृद्धी र सक्रियताकालागि स्थापना गरिएको बाल क्लबहरु मध्येबाट प्रत्येक बर्ष उत्कृष्ट छनोट गरी बार्षीक ११ हजार पुरस्कार दिने लक्ष्यकासाथ अक्षयकोषको स्थापना गरिने बताउनुभयो ।


उहाँले आफुले पाउने पारिश्रमबाट अक्षयकोषमा सहयोग प्रदान गर्ने घोषणा गरेको जानकारी दिनुभयो । पौडेलले बालबालिकाहरुको क्षेत्रमा सहयोग गर्न समेत आवहान गर्नुभयो ।

प्रोत्साहन पुरस्कारकालागि बिर्तामोड नगरपालिकामा स्थापना भएका बाल क्बलहरुबाट उत्कृष्ट छनोट गरिने र प्रत्येक बर्ष बालदिवसको अवसरमा उक्त पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

पौडेलका अनुसार बिर्तामोडका ७५ वटा बिद्यालयमा बाल क्बल गठन गरिएको छ । बाल क्बलले संचालन गरेको गतिबिधि र तयार गरेको प्रतिवेदनलगायतका आधारमा उत्कृष्ट छनोट गरिने छ । बालबालिका तथा शिक्षा संचार मञ्च झापाको संरक्षण रहने गरि अक्षयकोषको स्थापना गरिने छ ।

पौडेलका अनुसार मञ्चको समन्वयमा झापाका सबै पालिका र कतिपय वडामा बाल क्बल गठन भइसकेको छ, भने केहीमा गठन प्रक्रिया जारी छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष किसोर पौडेलको प्रमुख आतिथ्यमा बिर्तामोडको लिंकन मण्टेस्वरीमा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरु, संचारकर्मी र बिद्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमा प्रमुख अतिथि वडाअध्यक्ष किसोर पौडेलले आफुले पनि अक्षयकोषमा निकट भविष्यमा नै सहयोग गर्ने बताउनुभयो । उहाँले बालबालिकाको हित, संरक्षण र प्रोत्साहनकालागि स्थापना हुने अक्षयकोषमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा सहभागिहरुले शिक्षा संचार मञ्च झापाका संयोजक पौडेललाई जन्मदिनको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय