सुन तस्करी प्रकरणमा ५० जना प्रतिवादी, ३२ पक्राउ १८ फरार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने भएको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यो प्रकरणमा अमला रोक्कासहित ५० जनालाई प्रतिवादी बनाएर ६१ किलो सुन प्रकरणको प्रतिवेदन वकिल कार्यालयमा बुझाउन लागेको जानकारी दिएको छ।


पत्रकार सम्मेलनमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले ५० जना प्रतिवादीहरू मध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको बताइन्।

उनले फरारमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका उल्लेख गरे। उनले सबैजनालाई गरेर ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउन लागेको बताइन्।


उनले अनुसन्धानका क्रममा तस्करहरुले सिनामंगलबाट फेला परेको ६१ किलोसहित विभिन्न चरणमा अनुसन्धान गरी बरामद सबै ब्रेक प्याड जोख्दा ३०२.६२ किलो सुन ल्याएको खुलेको बताइन्।

उनले योजनावद्ध विदेशी संलग्न भएर तस्करी भएको देखिएको बताए। उनले ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानको फाइल फेरि पनि खुल्ने बताइन्।

उनले आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजान लागिएको बताइन्।

उनले सिआइबीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान नसकिएको बताइन्। प्रमुख बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेको बताइन्।

सुन तस्करीमा चिनियाँ नागरिकहरुको ठूलो नेक्सस संलग्न रहेको जानकारी दिएको छ। चिनियाँ नागरिकले तस्करी गरेर काठमाडौंमा सुन भित्र्याउन र त्यसको व्यवस्थापन गर्न नेपाली नागरिकको नाममा ७ वटा कम्पनी खोलेको अनुसन्धानका क्रममा खुलेको सीआइबीले बताएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय