स्व.डिआर सुवेदीको अन्त्यष्टी बिहिवार गरिने

झापा । सडक दुर्घटनामा परी निधन भएका कनकाई नगरपालिका-३ सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदी(देवराज) को अन्त्यष्टी कार्य भोली बिहिबार गरिने भएको छ ।


स्व.सुवेदीकी श्रीमति नीना सुवेदी जापानमा रहेका कारण आज साँझ काठमाण्डौ आइपुगेर तत्काल बेलुकाको उडानबाट झापा आइपुग्ने भएकाले भोली बिहिबार बिहानको १०ः३० बजे पवित्र कनकाई घाटमा अन्त्यष्टी हुने जनाइएको छ । काठमाण्डौमा कक्षा १२ मा अध्ययनरत स्व. सुवेदीका एक छोरा निर्देश सुवेदी सहित दाजुभाइ, दिदी बहिनीहरु सबैजना हिजो नै झापा आइसकेको बताइएको छ ।

पोष्टमार्टमको कार्य सकेर हाल बिएण्डसीको मर्करीमा राखिएको स्व.सुवेदीको पार्थिव शरिर भोली विहिबार विहान कनकाई—४ स्थित जेठा दाजु जीवनाथ र भाउजु कमला सुवेदी साथै आमा भएको घरमा ल्याउने र त्यहीबाट शबयात्रा सुरु हुने लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।


सोमबार साँझ ७ः२० बजेको समयमा झापाको कनकाई—८सितल चोक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको (ग) १ (च) ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ आउँदै गरेको प्र.१–०१–०१३ (प)१४१७नम्बरको मो.सा. एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
2
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय