एनसिडिए केन्द्रीय सदस्यमा झापाका २ सहित कोशी प्रदेशबाट तीनजना निर्वाचित

बिर्तामोड । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को वीरगञ्जमा हालै सम्पन्न १४ औँ केन्द्रीय अधिवेशनबाट झापाका दुईजना व्यवसायी निर्वाचित भएका छन् ।


झापाबाट संघ झापा शाखाका अध्यक्ष गौतम गुप्ता (थोक) र कोशी प्रदेश कार्यसमिति सदस्य कञ्चन शर्मा खतिवडा (खुला) निर्वाचित भए हुन् ।

त्यस्तै, मोरङका एकजना व्यवसायी पनि निर्वाचित भएका छन् ।


मोरङबाट कोशी प्रदेशका उपकोषाध्यक्ष प्रदिप दास (खुद्रा) निर्वाचित भए ।

गुप्ता र दास निर्विरोध भएका हुन् भने शर्मा चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय