सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ।


दुई छोराहरू विदेशमा रहेको र उनीहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्येष्टि गर्न लागिएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो।

उहाको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने बताइएको छ।


नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उहाको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुनेछ। घरकै शौचालयमा लडेका नेम्वाङलाई राति १:३० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

उनलाई अस्प्ताल पुर्याउँदा नै मुटुको चाल नरहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय