बिर्तामोडकोबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बिर्तामोड । झापा बिर्तामोडको एक होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेहरूमा पक्राउ पर्नेहरूमा बिर्तामोड- १ कञ्चनजङ्घा टोलस्थित विमला होटल एन्ड लजका सञ्चालक ४० वर्षीया विमला मोक्तान र  भद्रपुर नगरपालिका- ७ निवासी २९ वर्षीय रुजन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागु औषध ब्राउन सुगरको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो  ब्राउन सुगर सहित पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय