नेम्वाङको निधनपछी प्रधानमन्त्रीसहितका शिर्ष नेता अस्पतालमा

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्मबाङको निधन पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्नु भएको छ ।


सोमबार राति बालुवाटारस्थित निवासमा हृदयघात भएपछि नेम्वाङलाई राति नै शिक्षण अस्पताल लगिएको थियो। उहाको राति १ बजेर ३० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु पनि शिक्षण अस्पतालमा पुग्नुभएको छ ।


यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नेता नेम्बाङको निधनमा दुख व्यक्त गर्नुभएको छ ।

नेकपा एमालेले श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीरलाई भोलीसम्म राख्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय