एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

झापा । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।


पूर्वसभामुख तथा संविधानसभाका अध्यक्षसमेत रहनु भएका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आउनु भएको थियो । उहाँ हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत हुनुहुन्थ्यो ।

नेम्वाङको निधन भएपछि अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता तथा कार्यकर्ता त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
2
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय