प्यारागन एकाडेमीका प्रीन्सिपल डिआर सुवेदीको दुर्घटनामा परी निधन

बिर्तामोड । झापाको सुरुङ्गास्थित प्यारागन एकाडेमीका प्रीन्सिपल डी आर सुवेदीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । आज सांझ ७ः ३० बजे कन्काई नगरपालिका ८ स्थित शितल चोकमा दुर्घटनामा परी कन्काई निवासी ५४ बर्षिय सुवेदीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


पश्चिमबाट पूर्व तर्फ आइरहेको बा १ च ३२४८ नम्बरको बोलेरो गाडिले विपरीत दिशाबाट गइरहेको सुवेदी सवार प्रदेश १–०१–०१३ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
16
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय