सुनको भाउ १०० रुपैयाँले बढ्यो, १ लाख १२ हजारमा कारोबार

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय