नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं । नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेलआज हुँदैछ ।


खेल म्यानमारको यांगुनस्थित मैदानमा नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।

शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो ।


पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।

फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारविरुद्ध नेपालले पहिलो खेलकै प्रदर्शनलाई निरन्तरता दिने योजनामा छ । वरीयतामा नेपाल १७५ र म्यानमार १६०औं स्थानमा छ ।

राष्ट्रिय टिमका अधिकांक खेलाडीहरु विदेश पलायन भएपछि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले नयाँ र युवा खेलाडीलाई समेट्दै म्यानमार गएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय