झापाका भट्टराई दम्पतीको एउटै चितामा अन्त्येष्टि

विष सेवनपछि दुवै जनालाई उपचारका लागि बिर्तामोडको मनमोहन अस्पताल लगिएको थियो । भदौ २० गते कमलाको मृत्यु भयो भने दुई दिनपछि २२ गते तेजप्रसादको मृत्यु भएको हो । घरायसी समस्याका कारण भट्टराई दम्पतीले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

कमला क्यान्सरपीडित हुन् । चार वर्षदेखि स्तन क्यान्सरका रुपमा पीडित भएकी कमलाको उपचारका लागि छोरा खगेन्द्र वैदेशिक रोजगारीमा गए । छोराले कमाएको रकमले कमलाको उपचार सम्भव थिएन । श्रीमान्ले पनि श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेका थिएनन् । तर कमलाको शरीरमा लागेको रोग निको हुने अवस्थामा थिएन ।


श्रीमान् तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । उनको खुट्टामा लगाएको स्टिल आर्थिक अवस्था दयनीय भएकै कारण निकाल्न सकेका थिएनन् । २०६१ सालमा ताप्लेजुङको खेवाङबाट बसाइ सरी आएका भट्टराई दम्पतीको एक मात्र छोरा खगेन्द्र हुन् । १ कट्ठा जग्गा र त्यसमा बनेको घरबाहेक भट्टराई दम्पतीको केही थिएन ।TOP

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
1
+1
4
+1
6
+1
80
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय