भारतको दिल्लीमा आजदेखि जि-२० सम्मेलन सुरु

एजेन्सी । शनिबारबाट जि-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ ।


जि-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा रहनुभएको छ ।

जि-२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । शनिबार सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् ।


जि-२० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गर्नुभएको छ । साथै उहाँले जि-२० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

त्यस्तै, उहाँले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय