तारा नमस्ते बालग्रामको बार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड । ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बिर्तामोडस्थित तारा नमस्ते बालग्रामको ८ औं बार्षिक साधारणसभासहित विविध कार्यक्रम सम्पन्न भएको छ ।


दिवसको अवसरमा बालगृह महासंघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा बक्तृत्वकला प्रतियोगितासहित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

संस्थाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक विश्वनाथ बराल, जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, शिक्षासेवी गुरुभक्त न्यौपाने, शिरो सान्दाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।


संस्थाका सचिव दिपेन्द्र राउतले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष याम विमलीले स्वागत गर्नुभएको थियो । अध्यक्ष पोखरेलले बालग्रामको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६९ सालमा स्थापित तारा नमस्ते बालग्रामले सुविधा सम्पन्न आधुनिक पक्की भवन निर्माण गरेको छ । ३ कठ्ठा ५ धुर जमिनमा १७ कोठाको ३ तले भवन निर्माणसंगै बालबालिकाहरु बालग्राममा बस्न थालेका छन् । हाल बालग्राममा १२ जना बालक र १० जना बालिकासहित २२ जना आश्रित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय