सुन तस्करी प्रकरण : भन्सार अधिकृतसहित तीन कर्मचारी पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित थप तीन कर्मचारी पक्राउ परेका छन्।


भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा द्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

सुन तस्करी प्रकरणमा संगठित अपराधको कसुरमा अनुसन्धान जारी राखेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तिनै जना कर्मचारीलाई शनिबार नियन्त्रणमा लिएको हो।


करिब ६१ केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो ।

यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा हालसम्मा पक्राउ पर्नेको संख्या ३१ पुगेको सीआइबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय