बाँके बस दुर्घटना : मृत्यु हुने सातै जनाको सनाखत

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।


कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ठाकुरबाबा नगरपालिका-९ का ५० वर्षीय काशीराम थारू, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रूपा परियार, ४० वर्षीया जयन्ती थारू, ६५ वर्षीय चानुराम थारू, बसका चालक बर्दियाको ठाकुरबाबा-८ का ५५ वर्षीय जुगबहादुर चन्द र सहचालक बर्दियाको बारबार्दिया नगरपालिका-७ का ३४ वर्षीय बसन्त कार्कीको पनि मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।


बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेमध्ये एक दर्जनको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय