सेवाग्राहीको परिवार जस्तै बन्दै दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर

बिर्तामोड । स्कुल–कलेज, अस्पताल वा अरु कुनैपनि अधिकांश व्यवसायीक संस्थाहरु सेवा र शुल्कसंग मात्रै केन्द्रीत भएर संचालन भएको देखिन्छन् । त्यस्ता संस्थाहरु आम्दानीमा मात्रै केन्द्रीत भएको पाइन्छ । तर केही यस्ता संस्थाहरु पनि छन्, जस्ले सेवा गरेवाफत शुल्क त लिन्छ, तर सेवाग्राहीलाई परिवार जस्तै भएको अभास दिलाईरहन्छ ।

हो, त्यस्तै संस्थाको रुपमा स्थापीत हुँदै गएको छ, झापाको बिर्तामोडमा स्थापना भएको दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर । कम सुन्ने, कम बोल्ने वा अटिजम अवस्थामा रहेका बालबालिकाको उपचार गर्ने सेन्टर विगत २ बर्षदेखि बिर्तामोडमा संचालनमा आएको हो । सेन्टरले कान नसुन्ने वा कम सुन्ने, ढिलो बोलि आउने अवस्था वा प्यारालाइसिस जस्ता अन्या शारिरिक रोगहरुको थेरापी वा विभिन्न बिधिबाट उपचार गर्दै आएको छ ।

रि–हैबिलिटेशन सेन्टरले आज (शुक्रबार) बिर्तामोडमा अभिभावक र कर्मचारीहरुलाई लक्षीत गरेर तिज पर्व बिषेश कार्यक्रम सम्पन्न गरेको छ । दमकमा समेत शाखा बिस्तार गरेको सेन्टरले दुवै शाखाका कर्मचारी र बच्चाका अभिभावकहरुकालागि तिज पर्व बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।

बिर्तामोडको सिदार्थ होटलमा आयोजना भएको कार्यक्रमको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्तारा प्रसाईले उद्घाटन गर्नुभयो । प्रसाईले महिलाहरुको मात्र नभई चेली–माईती अथार्त महिला पुरुष दुवैको साँझा पर्वको रुपमा तिजलाई मनाउनु पर्ने बताउनुभयो । उहाँले रि–हैबिलिटेशन सेन्टरे आयोजना गरेको कार्यक्रमले पारिवारिक वातबरणको सिर्जना भएको भन्दै तिजपर्वको शुभकामना दिनुभएको थियो ।

सेन्टरका संचालक मनोज प्रसाद यादवले अध्यक्षता गर्नुभएको कार्यक्रममा रि–हैबिलिटेशन सेन्टरमा आवद्ध चिकित्सक तथा कर्मचारी र छोराछोरीको उपचार गराईरहेका अभिभावकहरुले हर्षोल्लासकासाथ तिज पर्व मनाएका थिए । कार्यक्रममा १ सय भन्दाबढी अभिभावक सहभागि भएका थिए । उनीहरुले एउटै परिवारको सदस्य जस्तै गरेर कार्यक्रममा एक–आपसमा खुशी साटासाट गरेका थिए । तिजपर्वको अवसरमा दर खाने, नाचगान गर्नेसंगै विभिन्न खेलहरुसमेत संचालन गरिएको थियो ।

कार्यक्रममा अभिभावकहरुले समेत आफ्ना कुरा राखेका थिए । सहभागी अभिभावकका तर्फबाट शुष्मा कटुवालले सेन्टरले प्रवाह गरेको सेवाबाट आफ्नो बच्चामा धेरै सुधार भएको सुनाउनुभयो । उहाँले परिवारकै जस्तो गरेर गरिने रेखदेख र उपचार बिधिले आफुहरु हर्षीत भएको धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरुकालागि नृत्य प्रतियोगिता, म्युजिकल बल जस्ता प्रतियोगिता तथा खेलकुदहरु समेत संचालन गरिएको थियो ।

कार्यक्रममा बिर्तामोड खानेपानिका अध्यक्ष मेघराज बास्तोला, बरिष्ठ प्रसुती रोग बिशेषज्ञ डा. अजय अग्रवाल, बाल रोग बिशेषज्ञ ज्योति अग्रवाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका सदस्य हरी दियाली, व्यवसायी कामना उप्रेती लगायतको आतिथ्य रहेको थियो ।

बिर्तामोड र दमक शाखामा गरेर दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरमा १ सय २० भन्दाबढी बालबालिका उपचारर्त रहेको सेन्टरका संचालक तथा अडियोलोजिस्ट डा. राजु यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सेन्टरका दुबै शाखामा गरेर ३२ जना चिकित्सक तथा कर्मचारी कार्यरत छन् ।

अभिभावकको तर्फबाट खगेन्द्र लिङदेन र कर्मचारीको तर्फबाट अञ्जली लिम्बूले संयुक्त रुपमा कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा सहभागी अथिति तथा विभिन्न प्रतियोगितामा सहभागि अभिभावक र कर्मचारीहरुलाई सेन्टरका संचालक मनोज प्रसाद यादवले मायाको चिनो स्वरुप गमलामा फुलको बिरुवा प्रदान गर्नुभएको थियो ।

दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टरले बिर्तामोड नगरपालिका ४ मा नेपाल बिद्युत प्राधिकरण नजिकैको कार्यालय र दमक नगरपालिका ७ मा पशुहाट नजिकै स्थापना गरेको कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । संचालक मनोज यादवले नेपालका विभिन्न स्थानसंगै विदेशमा बसोवास गर्ने नेपालीहरुले समेत अटिजम अवस्था भएका, सुन्ने, बोल्ने क्षमतामा कमी भएका वा साधारण अवस्थामा नरहेका बालबालिकाहरुको उचित उपचारकालागि अहिले सेन्टरमा ल्याइरहेकोे बताउनुभयो ।

दिव्या स्पीच एण्ड हेयरिङ रि–हैबिलिटेशन सेन्टर जस्तै उपचार गराउने स्वास्थ्य संस्था नेपालमा कम भएकाले पनि आफुहरुको उपचार विधि प्रभावकारी रहेको यादवले बताउनुभयो । थेरापी बिधिबाट उपचार गराईने सेन्टरमा हाल नेपालका विभिन्न स्थानसंगै अमेरीका, अष्ट्रेलिया, फिलिपिन्स, भातरलगायतका मुलुकमा रहेका नागरिकले समेत उपचारकालागि बालबालिका आफुहरुको सेन्टरमा ल्याएको अडियोलोजिस्ट डा. राजु यादवले जानकारी दिनुभयो । सेन्टरमा बालबालिका मात्रै नभई सम्बन्धित समस्या भएका जुनसुकै उमेरका व्यत्तिको समेत उपचार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
4
+1
0
+1
0
490
सम्बन्धित

लोकप्रिय

लोकप्रिय