महिला टी-ट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । थाइल्याण्डसँग पराजित हुँदै नेपाल महिला टी-ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ ।


मलेसियाको बांगीमा शुक्रबार बिहान भएको खेलमा नेपाललाई थाइल्याण्डले ४६ रनले हरायो । खेलम टस हारेर पहिले व्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५ रन बनायो ।

उसका लागि नानापथ कोन्चारोन्काईले अविजित ५९ रन बनाइन् । जवाफमा १ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ५९ रन मात्रै बनाउन सक्यो । नेपालको लागि कविता कुँवरले अविजित १७ रन बनाइन् ।


बलिङतर्फ थाइल्याण्डकी ओनिचा काम्छोम्पु र थिपाचा पुथोङले ३/३ विकेट लिए । यो हारसँगै नेपालको महिला टि–ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने संभावना समाप्त भएको छ ।

एसियाली छनौट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अर्को वर्ष हुने ग्लोबल क्वालिफायर खेल्न पाउने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय