हाप्किडो संघको केन्द्रीय अध्यक्षमा पुन: कालीबहादुर घर्ती

काठमाडौं । काली बहादुर घर्ती मगरको नेतृत्वलाई निरन्तरता दिँदै नेपाल हाप्किडो सङ्घको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भयो । अधिवेशनले १५ सदस्सीय कार्य समितिको निर्विरोध चयन गरेको छ ।


त्यस्तै संघको उपाध्यक्षमा बालन कुमार श्रेष्ठ, सुस्मिता गुरुङ, दिब्यराज गुरुङ र तारा माया थापा निर्वाचित हुनुभएको छ । यस्तै महासचिवमा इन्द्र बहादुर महरा, उपमहासचिवमा भुवन बुढा मगर चयन हुनुभएको छ ।

टिकाराम घर्ती मगर सचिव तथा पद्मा खयरगोली उपसचिव निर्वाचित हुनुभएको छ । यसै गरी, विजया कुमारी वाइबा कोषाध्यक्ष चयन हुनुभएको छ।


त्यस्तै सदस्यहरुमा मोहम्मद मोहसिन हलवाई, निम बहादुर खत्री क्षेत्री, रवि सुनार, खेम पुन र प्रेम कुमार लामा चयन हुनुभएको छ ।

निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभागका प्रमुख मीन कुमार शर्माले शपथ ग्रहण गराउनुभएको थियो।

कार्यक्रममा सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्र राई प्रशासकीय अधिकृत ओमनाथ न्यौपानेको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
350
सम्बन्धित

लोकप्रिय

लोकप्रिय