अनारमनी सोसियल युथ क्लबको अध्यक्षमा राज मुखिया

विर्तामोड । विर्तामोडमा अनारमनी सोसियल युथ क्लव गठन भएको छ । आज बिहिबार आयोजित युवाहरुको भेलाले राज मुखियाको अध्यक्षतामा क्लब गठन भएको हो ।


मुखीया रोट्रयाक क्लब अफ बिर्तामोडको पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।  उहाँ अन्य विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ ।

विर्तामोड नगरपालिकाको सभाहलमा आयोजित युवाहरुको भेलाबाट मुखिया सहित विभिन्न उपसमितीको सयोंजक समेत सार्वजनिक गरेको विर्तामोड ३ का वडाअध्यक्ष मदन वुढाथोकीले जानकारी दिनुभयो ।


उपसमितीका संयोजकहरु नै अनारमनी सोसियल युथ क्लवका सदस्यहरु रहने गरि कार्ययोजना निर्माण गरिएको रेडक्रस झापाका सदस्य सजेस सिवाकोटीले जानकारी दिनुभयो ।

समितिका उपसमितीका सयोजकहरुमा कुमार सुवेदी, अभिसेक राजबशीं, दिनेश मैनाली, सव्दर अन्सारी, रुमिला श्री न्यौपाने, सजंय पौडेल, सौगात माझी, आकाश खड्का, कृष्ण राजबशीं, सौगात नविन विमली, गौरी न्यौपाने, कृष्ण बाराकोटी, जगन्नाथ भटराइ, राजकुमार ओली सहित १५ सदस्यीय समिती निर्माण गरिएको छ ।

विर्तामोड क्षेत्रमा देखिएको लागु औषध दुर्व्यसनीदेखि फोहोरमैला व्यावास्थापन, ग्रिन विर्तामोड, स्वास्थ्य सचेतना, खेलकुद लगाएतका विषयमा काम गर्ने लक्ष्यका साथ क्लबको समिती निर्माण गरिएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
190
सम्बन्धित

लोकप्रिय

लोकप्रिय