बिर्तामोड । झापामा श्रीकृष्ण रथयात्रा हर्षोल्लासका साथ निकालिएको छ ।
धार्मिक परम्पराअनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ।
सोही परम्परा अनुसार आज (शनिबार) बिर्तामोड, भद्रपुर, दमक र गौरीगन्ज लगायतका स्थानमा रथयात्रा निकालिएको थियो ।
झापाका विभिन्न ६ ठाउँमा बिहीबार श्रीकृष्ण रथयात्रा निकालिएको थियो ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा विगत धेरै वर्षदेखि रथयात्रा निकालिने गरिएको थियो ।
अहिले पूर्वी तराईका धेरै स्थानमा रथयात्रा निकालिने क्रम बढेको हो।
बिर्तामोडमा निकालिएको रथयात्राका थप तस्बिरहरु :