कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न अदालतको आदेश

झापा । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ ।


अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गर्दै कोशीमा ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय