कोशी सरकारविरुद्धको रिटमा आज पनि बहस

झापा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज पनि बहस हुनेभएको छ ।


सर्वोच्च अदालतमा मंगलबार बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो ।

न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको छ ।


मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । जवाफी बहसपछि आजै फैसला आउने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय