काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान निधन भएको छ । डेंगी संक्रमण भएपछि ग्राण्डी अस्पतालमा उपचाररत रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ।


रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो । वडा नम्बर १६ बाट लगातार दुई वडाध्यक्ष बन्नु भएका रिजाल हक्की स्वभावका व्यक्ति हुनुहुन्थ्यो ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिनुभएको थियो । महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।


उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । उहाँको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल अस्पताल पुग्नुभएको थियो।

एक समय वडाध्यक्ष रिजाल मेयर बालेनसंगको सम्बन्धका कारण चर्चामा आउनुभएको थियो ।   रिजालका श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय