एसिया कप खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौं । एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)तथा क्रिकेट समर्थकहरुले भव्य स्वागत गरेका छन् ।


एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची गएको थियो । कराँचीमा अन्तिम तयारी गरेपछि टोली पाकिस्तानसँग खेल्न मुल्तान गएको थियो ।

नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।


एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार नेपालले भारतसँग खेलेको थियो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय