कांग्रेस सह-महामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौँ । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।


आज रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भइ निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।


घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय