दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जान्छन् : एमाले नेता विशाल भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताउनुभएको छ । उहाँले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताउनुभयो ।


प्रचार तथा प्रकाशन विभागले मंगलबार बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उहाँले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको षडयन्त्र सफल नहुने बताउनुभयो । उहाँले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबैखाले एमाले विरोधी गतिविधि असफल हुने ठोकुवा गर्नुभयो ।

झापाका अगुवा पत्रकारहरुको सहभागिता रहेको भेलामा इञ्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकतावद्ध ढंगबाट प्रतिकार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, एमालेले गल्ति गरेको अवस्थामा जोगाउनु पर्दैन, तर षडयन्त्रको सशक्त प्रतिकार गर्न तयार बन्नुहोस् ।


प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्ने धम्की दिदैं एमालेको मुद्धा खोजिरहेको उहाँको भनाई थियो । सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन, एमालेलाई सिध्याउन पाइन्छ कि भन्ने अभियान मात्रै हो । तर, एमाले कहिकतै चुकेको छैन, चुक्दैन । एमाले संस्थागत रुपमा भ्रष्टाचार विरुद्ध उभिएको पार्टी भएको उहाँको भनाई छ ।

सबैखाले प्रतिकुलता विरुद्ध एमाले लड्न सक्षम भएको भन्दै उहाँले जनताको बीचमा एमाले विरुद्ध भ्रम मात्रै छर्ने प्रयास भएको बताउनुभयो । एमालेको लोकप्रियतामाथि भ्रम छरेर जनमत विगार्ने प्रयास सफल नहुने उहाँको भनाई छ ।

प्रचार भेलालाई सम्बोधन गर्दै उनले पुराना पार्टीको भविष्य छैन भन्दै भाष्य निर्माण गरिएकोमा सचेत हुन आग्रह गर्नुभएको छ । नेता भट्टराईले पुराना पार्टीहरुको विरोध गर्नेहरुको चिन्तन तोड्नुपर्ने सूझाव दिनुभयो । नयाँ पार्टीको लोकप्रियता सधैं कायम नहुने भन्दै उहाँले सहि र गलत छुट्टाएर प्रचार गर्न सूझाव दिनुभयो ।

प्रचार भेलाका प्रमुख अतिथि भट्टराईले सामाजिक सञ्जालको भरपुर मात्रामा प्रयोग गरेर प्रचारप्रसारलाई जनताको माझमा पुराउन सकिने बताउनुभयो । उहाले सञ्जालको सकारात्मक प्रयोग अहिलेको आवश्यकता भएको बताउँदै एमालेका तल्लो तहमा आवद्ध कार्यकर्ताहरुले समेत ध्यान दिन आग्रह गर्नुभयो ।

भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताउनुभयो ।

प्रेस चौतारीका कोशी प्रदेश इञ्चार्ज गणेश पोखरेल, पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङगेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आवद्ध सदस्यहरुले प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको प्रयोगका बारेमा सूझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय